२ श्रावन २०७८, शनिवार
दैलेखमा घाँस काट्ने क्रममा भिरवाट खसेर एक किशोरीको मृत्यु भएको छ ।
भिरबाट लड्दा भगवतीमाई गाउँपालिका ४ की १७ वर्षीया टीका बीसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गाउँकै स्याउली पाखामा घाँस काट्दै गर्दा चिप्लिएकी अर्कि १५ वर्षीया रोशनी थापालाई समाउन खोज्दा रोशनीसँगै टीका बिसी भिरबाट खसेकी थिइन्।
रोशनीलाई उपचारका लागि सुर्खेत लगिएको छ। उनको अवस्था पनि गम्भीर रहेको आफन्तले बताएका छन्।









