१ श्रावन २०७८, शनिवार

विभिन्न कारणले मलेसियाको जेलमा वन्दि जीवन विताईरहेका २४ जना नेपालीहरु शनिवार विहान नेपाल आईपुगेका छन ।

नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आईपुगेका हुन ।

गैर आवसिय नेपाली संघ (एनआरएनए)मलेसिया, प्रवासि नेपाली समन्वय समिति (पिएनसिसि) र विभिन्न संघ संस्थाको  सहयोग र समन्वयमा उनीहरुलाई नेपाल सम्म ल्याउन सहज भएको हो ।

यसरी नेपाल आएकामा मलक्का क्याम्पवाट ४जना सिमोनिया क्याम्पवाट ७ जना बुकित जलिल क्याम्पवाट ५ जना र केएलआईए क्याम्पवाट ६ जना रहेका छन ।
नेपाल फर्किएकामा सिन्धुपाल्चोक,वाग्लुग, नवलपरासी र पर्साका दुई.दुईजना रहेको छन ।
त्यस्तै भोजपुर,स्याङ्जा,वैतडी सुनसरी, धनकुटा,सिन्धुली,सर्लाहि। गुल्मि,मोरङ, रोल्पा,ताप्लेजुग,सप्तरी, ललितपुर र काठमाण्डौका एकएक जना रहेका छन ।

अवैधानिक अवस्थामा रहेर मलेसियामा काम गरिरहेका उनीहरुलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेको थियो ।
पिएनसिसिल संस्थाले उनीहरुलाई काठमाण्डौमा रिसिभ गरिसकेको छ । काठमाण्डौमा उनीहरुको पुन पिसिआर गरेर होटल क्वारेन्टाईनमा वस्नेछन र मात्रै घर तर्फ जाने छन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर