
१ श्रावन २०७८, शुक्रवार
विभिन्न कारणले मलेसियाको जेलमा वन्दि जीवन विताईरहेका २४ जना नेपालीहरु शनिवार नेपाल आउने भएका छन ।
शनिवार विहान ५ वजे नेपाल एयरलाइन्सवाट उनीहरु नेपाल आउन थालेका हुन । नेपाली दुतावासका अनुसार उनीहरुसवैजनाको पिसिआर रिपोर्ट नेगेटिभ रहेको छ ।
यसरी नेपाल र्फकनेमा मलक्का क्याम्पवाट ४जना सिमोनिया क्याम्पवाट ७ जना बुकित जलिल क्याम्पवाट ५ जना र केएलआईए क्याम्पवाट ६ जना रहेका छन ।
मलक्का क्याम्पवाट स्वदेश फर्कनेहरुमा भोजपुरका डेण्डी शेर्पा,स्याङ्जाका दिनेश थापा,सिन्धुपाल्चोकका गुणलक्ष्मि तामाङ र वैतडिका नयन सि जोशि रहेका छन ।
यसैगरी सिमोनिया क्याम्पवाट सुनसरीका अर्जुन कुमार उरनवाहु,सिन्धुपाल्चोकका सुवास तामाङ ,धनकुटाका अर्जुन चौलागाई,सिन्धुलीका विरध्बज वाईवा,सर्लाहिका मुकेश कुमार चौधरी,वाग्लुगका पारस वुढा र गुल्मिका दलसि कँुवर रहेका छन ।
यसैगरी वुकित जलिल क्याम्पवाट मोरङका राम गोविन्द पासवान,रोल्पाका लिल वहादुर विष्ट,ताप्लेजुगका प्रकाश सुवेदी,वाग्लुगका गणेशलाल जिम्वा,नवलपरासीका ओम नारायण अहिर यादव रहेका छन ।
यसैगरी केएलआईए क्याम्पवाट पर्साका अनिल कुमार यादव,पर्साका अकुर जिसी,नवलपरासीका रामजीवन मुसहर,सप्तरीका जागेश्वर मण्डल,ललितपुरका सरोज तामाग र काठमाण्डौका सन्तोष महर्जन रहेका छन ।