अष्ट्रेलियामा पनि लकडाउनको प्रभावमा नेपालीहरु विश्व अहिले कोरोनाको कहरवाट गुज्रिरहेको छ ।

विश्वको यस्तो कुनै ठाउँ छैन जहाँ कोरोनाको असर नपरेको होस । यसैविच अष्ट्रेलियामा पनि अहिले लकडाउन भएको छ ।

त्यहाँको जनजीवन निकै प्रभावित भएको छ ।

राष्टडेलीका सहकर्मि सौगात भटटराईले जनाए अनुसार एकदमै ब्यस्त रहने बजार वन्द छन । मानिसहरु वाहिर निस्कन रुचाएका पनि छैनन । सधै भिडमाड रहने सिडनीको रेनफर्ममा एकदमै सुनसान छ ।

कोहि पनि वाहिर निस्किन सकेका छैनन, डर र त्रासले सवैलाई छोएको छ । धैरेले रोजगारी गुमाएका छन ।
यसैविच सरकारले पछिल्लो लकडाउनमा कोहि पनि हरेश नखाउन भन्नेको लागि विधार्थी, स्थायी वासिन्दा तथा केहि जो प्राथमिकतामा परेका छन उनीहरुलाई ६सय डलर दिने गरेको छ ।

यो दैनिक जीवन सहजहोस भन्नाकोलागि दिईएको हो । अष्ट्रेलियामा पढ्दै रोजगारीगर्नेहरु हजारौ थिए जसमध्ये अधिकाशको यतिवेला रोजगारी टुटेको छ । नेपाल फर्कनको लागि समेत सहज छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर