पत्रपत्रिका
आर्थिक अभियानवाट

१ श्रावन २०७८, शुक्रवार

कोरोना महामारीले मुलुकको अर्थतन्त्रसँगै निजीक्षेत्रसमेत नराम्रोसँग प्रभावित भइरहेको बेला नयाँ सरकार गठनभएसँगै उद्योगी व्यवसायीको दौडधुप बढेको छ ।

उद्योगी व्यवसायीहरूले बिहीवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई छुट्टाछुट्टै भेटे । भेटमा उनीहरूले कोभिडविरुद्धको खोपमा निजीक्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा प्रधानमन्त्री, अर्थमन्त्रीलाई शुभकामना तथा बधाई दिन गएका टोलीले कोभिड महामारीको समयमा खाद्यान्नलगायत अत्यावश्यकीय वस्तु आपूर्तिमा निजीक्षेत्रले महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोभिडविरुद्धको खोपमा प्राथमिकतामा राख्न माग गरेका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटमा अर्थतन्त्रमा रहेका मुख्य समस्याहरू र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपरबारे पनि कुराकानी भएको र त्यसमा प्रधानमन्त्री–अर्थमन्त्री सकारात्मक रहेको बताए ।

महासंघका तर्पmबाट ती दुवै भेटवार्तामा सरकारको बजेटमा समेटिएका निजीक्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न समेत जोड दिइएको थियो ।

सरकारको राजस्वको मुख्य स्रोत निजीक्षेत्र र निजीक्षेत्रद्वारा सृजना गरिएको उपक्रमबाट प्राप्त हुने आम्दानी भएको भन्दै निजीक्षेत्रले गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

‘हामीले दिएका सुझाव बजेटमा पनि समेटिएका छन्, मौद्रिक नीतिका लागि पनि सुझाव दिएका छांै, त्यसको प्रभावकारी कार्यान्वयन हामीले खोजेका छांै र त्यसमा सरकारबाट सहयोगको अपेक्षा गरेका छौं,’ अध्यक्ष गोल्छाले भेटपछि भने ।

महासंघसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै निजीक्षेत्रलाई निर्धक्क काम गर्न अनुरोध गरे ।

‘अहिलेको विषम परिस्थितिमा निजीक्षेत्र आपूर्ति व्यवस्थापनमा लागेको छ । उनीहरूले पनि खोपमा प्राथमिकता पाउनुपर्छ भनेर हामीले राख्यौं । प्रधानमन्त्रीले त्यसमा ध्यान दिने बताउनुभयो,’ गोल्छाले भने ।

अर्थमन्त्री शर्माले पनि निजीक्षेत्रलाई खोपलगायत अन्य आवश्यक कार्यमा आप्mनातर्पmबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउँदै निजीक्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाएको गोल्छाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर