
३१ आषाढ २०७८, बिहिवार
बलिउडका दुई ठुला अभिनेता अब एउटै फिल्ममा देखिने भएका छन् । अभिनेता शाहरुख खान र सञ्जय दत्त पहिलोपटक एउटै फिल्ममा देखिने भएका हुन् ।
भारतिय मिडियाका अनुसार अहिलेसम्म कुनै फिल्ममा सँगै नदेखिएका यी दुई अभिनेता फिल्म ‘राखी’मा सँगै देखिने बताइएको छ । अहिले फिल्मको सुटिङ मुम्बईमा भइरहेको बताइएको छ ।
यी दुई अभिनेतालाई एउटै फिल्ममा देख्न पाइने भएपछि दर्शकहरु उत्साहित छन् । अहिले शाहरुख छुट्टै फिल्म ‘पठान’मा व्यस्त छन् । भने सञ्जय फिल्म भुज मा व्यस्त छन् ।