३१ आषाढ २०७८, बिहिवार

कैलालीको जानकी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । गाउँपालिकालाई एक कार्यक्रमबीच शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले साक्षर पालिका घोषणा गर्नुभएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।

पालिकामा रहेका सबै निरक्षर नागरिकले सबै सूचक पूरा गरेपछि साक्षर घोषणा गरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले बताउनुभयो ।

कैलालीमा अझै पनि तीन प्रतिशत नागरिक निरक्षर रहेको तथ्याङ्क छ ।

गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले शिक्षाको विकासले गाउँपालिकाको अन्य विकासमा पनि सहयोग पुग्ने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर