३१ आषाढ २०७८, बिहिवार
कर्णाली प्रदेश सरकारले १ साउनमा प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेशका १० जिल्लामा बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउने संक्रान्ति र देउडा पर्वको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा हुने बताए ।
कर्णाली प्रदेश सरकारको १७ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।