३० आषाढ २०७८, बुधवार
चितवनको राप्ती नगरपालिकका वाट स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जीतबहादुर तामाङका नेतृत्वमा ५८ जना एमालेमा प्रवेश गरेका छन ।उनीहरुलाई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पार्टि प्रवेश गराउनु भएको हो । कार्यक्रममा वोल्दै पौडेले
सरकारबाट बाहिरिए पनि नेकपा ९एमाले० प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताउनुभएको छ ।

चितवनको राप्ती नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको जिकिर गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले कुनै पनि दल आफ्नो विचार र तिनको कार्यान्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुपमा स्थापित बन्न सकेको दाबी गर्नुभयो ।

सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामालगायतले नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर