३० आषाढ २०७८, बुधवार

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साबाट एक युवालाई पक्राउ गरेको छ।

https://amzn.to/4myfPN5

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-२ पिपरा टोलका २५ वर्षीय धर्मराज साह कानू रहेका छन्।

प्रहरीले कानुलाई बुधबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

बालिकाको घरमै गएर उनले विवाह गर्ने, जागिर लगाइदिने प्रलोभन पारेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

गत असार १४ गते उनी बालिकाको घरमा पुगेका थिए। प्रलोभन देखाएर उनले सखुवाप्रसौनी गाउँपालिका-४ को बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर