३० आषाढ २०७८, बुधवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

भेटमा अहिलेको राजनीतिक परिस्थिति, अघिल्लो सरकारसँग आफूहरूले गरेको सहमति लगायतका विषयमा कुराकानी भएको नेता धर्मेन्द्र बाँस्तोलाले  जानकारी दिनुभयो ।

पूर्वमाओवादी एक हुने चर्चाका विषयमा जिज्ञासा राख्दा बाँस्तोलाले भन्नुभयो, ‘यो तत्कालै सम्भव हुने विषय होइन तर पनि हामीले अब भेटघाट र छलफललाई निरन्तरता दिनुपर्छ भनेका छौँ, प्रचण्डजीले पनि पूर्वमाओवादीहरू एक बनाएर लैजाने इच्छा राख्नुभएको रहेछ, सकभर सँगै जान पाए हुन्थ्यो भन्ने कुरा राख्नुभयो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर