
३० आषाढ २०७८, बुधवार
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ संक्रमित थपिएका छन् भने ३० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा २४ जना, तिलोत्तमा नगरपालिकमा ८ जना, सैनामैना नगरपालिकामा ४ जना र देवदह नगरपालिकामा १ जना संक्रमित थपिएका छन् ।
जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२१ रहेको छन्।