३० आषाढ २०७८, बुधवार

प्रहरीले कन्टेनर र एउटा भारतीय ट्रकबाट २०८ किलो गाँजा बरामद गरेको छ।

https://amzn.to/4myfPN5

मकवानपुर प्रहरीले हेटौडाका दुई अलग स्थानबाट गाँजा, ट्रक, कन्टेनर र त्यसका चालक, सहचालकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार हेटौडा-१५ रातोमाटेस्थित पूर्व-पश्‍चिम लोकमार्ग सडक खण्डमा बारा जाँदै गरेको बिआर०१जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १६९ किलो गाँजा बरामद गरिएको छ।

ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर