२९ आषाढ २०७८, मंगलवार

एजेन्सी। बलिउड अभिनेता अजय देवगण अभिनित चलचित्र ‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर सार्वजनिक भएको छ।

https://amzn.to/4myfPN5

चलचित्रको ट्रेलर देवगण स्वयंमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। ट्रेलरसँगै देवगणले क्याप्सनमा चलचित्र हालसम्म कसैले नबनाएको कहानीमा बनाइएको जिकिर गरेका छन्।

चलचित्र १९७१ मा भएको भारत–पाकिस्तान युद्धमा आधारित रहेको बताइएको छ। चलचित्रमा अजयसँगै संजय दत्त, सोनाक्षी सिन्हा र नोरा फतेही शीर्ष भूमिकामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर