२९ आषाढ २०७८, मंगलवार

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियाको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा मंगलवार राति आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

देउवाले मंगलवार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवा मन्त्रिपरिषद्मा बालकृष्ण खाणलाई गृह, पम्फा भुसाललाई उर्जा तथा जलस्रोत, जनार्दन शर्मालाई अर्थ तथा ज्ञानेन्द्र बहादुर कार्कीलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले पनि मंगलवार नै शपथ गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर