२९ आषाढ २०७८, मंगलवार

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनादेश भए पनि सर्वोच्च अदालतको परमादेशका कारण सरकारबाट बाहिरिनु परेको बताएका छन् । उनले यसरी सरकारबाट बाहिरिनु परे पनि आफू दुखी नभएको पनि बताएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।

उनले पाँच वर्षअघि पनि आफू यस्तै समयमा सरकारबाट बाहिरिएको बताउँदै अहिले पनि जनतामाथि आफ्नो विश्वास अटल रहेको बताएका छन् ।

‘जनतामाथि मेरो विश्वास अहिले पनि कायम छ,’ उनले भने, ‘त्यसैले पनि मलाई सरकारबाट बाहिरिनु परेकोमा कुनै दुःख छैन । मैले जनतामाथि विश्वास गरिरहेको छु, त्यो कायम रहनेछ ।’

उनले आफ्नो कार्यकालमा आफूले जनताका लागि काम गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर