
२९ आषाढ २०७८, मंगलवार
बझाङमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका– ७ की ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा जयपृथ्वी नगरपालिका– ७ का ६१ वर्षीया जगदिश जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।
प्रहरीका अनुसार असार १८ गते घरमा कोही नभएको मौका छोपेर बालिकालाई मिठाई दिन्छु भन्दै फकाएर आफ्नै कोठामा लगेर बलत्कार गरेको बुझिएको छ।
आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएपछि असार २७ गते आइतबार जोशीलाई प्रहरीले पक्राऊ गरेको हो।
आइतबार पक्राउ परेका जोशीमाथी जबर्जस्तीकरणीको मुद्धा दर्ता गरी घटनाको बारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।