२९ आषाढ २०७८, मंगलवार

कैलालीको अत्तरियामा यातायात समितिको काउन्टरका कर्मचारीबाट चालक कुटिएका छन्।सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८१ नम्बरका सवारी चालक कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ मजगाँउका २५ वर्षीय गोपाल सामन्तमाथि कुटपिट भएको हो। कुटपिटबाट चालकको खुट्टा भाँचिएको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ विजयनगरका २६ वर्षीय लक्ष्मण विश्वकर्माले ५० रुपैयाँ नदिएको भन्दै बीच सडकमा गाडीभित्रबाटै तानेर कुटपिट गरेको सवारी धनी धन चन्दले बताए।

चालकमाथि दादागिरी गर्दै आइरहेकोलेआज बिहानदेखि कञ्चनपुरको भिमदत्त नगरपालिका भाँसी बेरियरमा विङ्गर चालकहरूले सडकमा चक्काजाम गरेका छन्। सो रूटमा चल्ने सावारीको आवागमनमा रोक लगाए पनि लामो दूरीका सवारी साधनहरूलाई चलेका छन ।काउन्टरका कर्मचारी लक्ष्मण विश्वकर्मालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। घाइते सामन्तको पदमा अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएकोछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार