२९ आषाढ २०७८, मंगलवार

पाल्पाको निस्दी गाउँपालिका–वडा न ४ का वडाध्यक्ष न्योबहादुर सुनारीको ५वर्षको उमेरमा निधन भएको छ।
कलेजो रोगवाट पिडित वनेका सुनारीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सोमवार राती निधन भएको हो ।

उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।सुनारीका श्रीमती, एक छोरा र दुई छोरी छन्।

एमालेको आयोजनामा हुने श्रद्धाञ्जली सभापछि सुनारीको रामपुस्थित घाटमा आजै अन्त्येष्टि गरिने नेकपा एमाले पाल्पाले वताएको छ । आज गाउँपालिका भित्रका सवै कार्यालय वन्द रहने र गाउँपालिका वडामा तीन दिनसम्म राष्टिय झण्डा झुकाउने निर्णय गाउँपालिकाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर