
२९ आषाढ २०७८, मंगलवार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्दैछन्।
सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी सम्मिलित सानो मन्त्रिमण्डल बनाउने तयारीसमेत गरेका छन्।
को को होलान मन्त्री
नेपाली कांग्रेसबाट पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की, मीनेन्द्र रिजाल, गगन थापासम्मको नाम मन्त्री बन्नेको चर्चामा ल्याइएको छ। नेकपा माओवादी तर्फवाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र जनार्दन शर्माको नाम चर्चामा छ। जसपा र जनमोर्चाबाट भने मन्त्री बन्ने नेताहरुको नाम चर्चामा ल्याइएको छैन।