
२९ आषाढ २०७८, मंगलवार
गुल्मीको धुर्काेट गाउँपालिका खरका छानामुक्त गाउँपालिका वन्न पुगेको छ । धुर्कोट गाउँपालिका जनप्रतिनिधिले पद वहालीकै दिन खरका छानामुक्त गर्ने निर्णयलाई कार्यान्यन गर्दे गाउँपालिका घरको छानामुक्त भएको हो ।
यतिवेला देश भरी खरको छानामुक्त अभियान चलिरहेको छ । गुल्मीका १२ स्थानीय तहमध्ये पहिलो पटक धुर्कोट गाउँपालिका खरको छानामुक्त गाउँपालिका घोषणा भएको छ ।
छानामुक्त घोषणा गर्न करिब साढे १९ करोड रुपैयाँ बजेट खर्च गरिएको छ । गाउँपालिकामा १ करोड ८१ लाख ९२ हजार २ सय ८७ रुपैयाँ जस्तापाताका लागि रकम खर्च भएको छ ।
यसमा ५ सय ४ घरधुरीले जस्तापाता पाएका छन् । त्यस्तै, नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत १ सय ५७ घर निर्माण भएका छन् । यसका लागि ७८ लाख ५० हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए ।
जनता आवासअन्तर्गत ३७ र एकीकृत नमुना बस्ती कार्यक्रममार्फत १८ घर निर्माण भएका छन् । यी दुई कार्यक्रका लागि २ करोड ४६ लाख ५१ हजार ८ सय ३२ रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, भुकम्पपछि ५ सय २९ घर पुनर्निर्माण गरिएको छ । यसका लागि १३ करोड ८३ लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।