
२८ आषाढ २०७८, सोमवार
१४ औं दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानको लहोरमा सन् २०२३ को मार्चमा हुने भएको छ । दक्षिण एसियाली काउन्सिलको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।
त्यसमा २७ खेल समावेश हुनेछ, त्यसमध्ये दुई खेल आयोजकको रोजाइ अनुसार हुनेछ ।
प्रतियोगिताको उद्घाटन र समापनसँगै अधिकांस खेल लहोरमा हुनेछन् भने केही खेल इस्लामावाद, फैसलावाद, गुजरवाला र सियालकोटमा हुनेछन् ।