२८ आषाढ २०७८, सोमवार

नेकपा एमाले नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा खिलराज रेग्मी बन्ने खतरा बढेको बताएका छन् ।  माइतीघर मण्डलाको राष्ट्रिय युवा संघको प्रदर्शनलाई सम्बोधन गर्दै संघको इन्चार्जसमेत रहेका नेता बस्नेतले यस्तो बताएका हुन् । ‘यो फैसलालाई हामी मान्दैनौँ,’ नेता बस्नेतले भने— ‘चोलेन्द्र शमशेर खिलराज रेग्मी बन्ने खतरा बढ्यो ।’

https://amzn.to/4myfPN5

यस्तै नेता बस्नेतले सर्वोच्चलाई घाँस खुवाएर यो फैसला गराएको विपक्षी गठबन्धनलाई आरोप लगाएका छन् । ‘आज जुन फैसला भयो । यो सर्वोच्चलाई घाँस खुवाएर गराइएको फैसला हो । यसलाई मान्न सकिँदैन । पछिल्लो केही दिनयता सर्वोच्च र विपक्षी नेताहरुबीच धेरै सम्पर्क भएको सुनेका थियौँ,’ नेता बस्नेतले भनेका छन् ।

यसैगरी नेता बस्नेतले सर्वोच्चले प्रधानमन्त्री बनाउनु भनेर भनेको कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई पदलोलुपको संज्ञा दिएका छन् । नेता बस्नेतले भने— ‘शेरबहादुर देउवाजस्तो पदलोलुपलाई प्रधानमन्त्री बनाएर देश अस्थिरतातिर जान्छ । त्यसपछि खिलराज रेग्मी बन्छन् चोलेन्द्र शमशेर ।’

प्रतिक्रिया

सम्बन्धित खवर