
२८ आषाढ २०७८, सोमवार
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् । काँग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेका छन् ।
पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग आजै छलफल गर्ने छन ।