
२८ आषाढ २०७८, सोमवार
अमेरिकाले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुगेको छ।
एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको यो खोप सोमबार बिहान काठमाडौं आइपुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत बेरीले यो खोप अमेरिकाको तर्फबाट नेपाललाई उपहार भएको बताए।
सोमबारै प्रधानमन्त्री निवास बालुवाटारमा पनि खोप हस्तान्तरणसम्बन्धी कार्यक्रम हुने तयारी छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत बेरी सहभागी हुनेछन्