
२८ आषाढ २०७८, सोमवार
अजय देवगन अभिनीत ‘भुजः द प्राइड अफ इन्डिया’ को टिजर हिजो रिलिज भएको छ ।
धेरै दर्शकले उक्त टिजरलाई मन पनि पराइसकेका छन्। यसमा सञ्जय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेहीलगायत प्रायः सबै कलाकारहरूको झलक देखियो। सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अजय देवगनले लेखेका छन्, ‘यो अहिलेसम्मको सबैभन्दा ठूलो लडाइँ हो।’
‘भुजः द प्राइड अफ इन्डिया’ सन् १९७१ को भुजमा भएको भारत–पाकिस्तान युद्धमा आधारित छ।