२८ आषाढ २०७८, सोमवार

म्याग्दि जिल्लाको धवलागिरी गाउँपालिकामा केहि दिन देखि विजुली र ईण्टरनेट नहुदा गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ ।

https://amzn.to/4myfPN5

अविरल वर्षसगै आएको पहिरोले विधुतको पोल ढलाउने,तार चुडाउने तथा इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो । मुदीको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेपछि ताररहित प्रविधिको इन्टरनेटको सेवा समेत बन्द हुन पुगेको छ ।
गत सोमबारदेखि गाउँपालिकाको केन्द्र मुनामा विद्युत् र इन्टरनेट सेवा बन्द भएको थियो ।

तत्कालै नबन्ने देखिएपछि ताकमस्थित वडा नं ७ को कार्यालयमा गएर कर्मचारीहरुले काम गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले वताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर