२७ आषाढ २०७८, आइतवार

गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि म्याग्दीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले ५ जना भन्दा बढी सङ्क्रमित भेटिएको टोलमा सिल गर्ने भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ५ जना सक्रिय सङ्क्रमित रहेको गाउँ, टोलको चार किल्ला कायम गरी आवतजावत र व्यवसाय बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ सुवाश शर्मा पौडेलले बताए।

कोरोनासँग लक्षण मिल्ने बिरामी देखिन थालेपछि पाँच जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका क्षेत्रमा सोही गाउँको अन्य टोलबाट समेत आवतजावतमा रोक लगाउन समुदायस्तरबाटै सुरक्षा दस्ता बनाए मात्रै प्रभावकारी हुने बैठकमा सहभागी अन्य सदस्यले समेत राय दिएका थिए।

गण्डकी प्रदेशमा आइतबार पाँच जनामा कोरोनाको नयाँ भेरियन्ट फेला परेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ। जसमा दुई जना स्याङ्जा र तीन जना गोरखाका  छन ।

प्रतिक्रिया

सम्बन्धित खवर