
२७ आषाढ २०७८, आइतवार
नेकपा एमाले विवाद समाधान कमिटिका सदस्य तथा एमाले उपमहासचिव घनश्याम भुसालले आईतवारको वार्तामा खासै प्रगति नभएको बताएका छन् ।
कार्यदल बैठक चलिरहेको समयमा उनी राति साढे ७ बजे बाहिरिएका थिए । सवा ८ बजे बैठक स्थलमा प्रवेश गर्दै गर्दा भुसालले वार्तामा खासै प्रगति नभएको बताए । ‘हिजो जहाँ थियो आज पनि त्यही छौं’ भुसालले भने ।
भुसालले दिउसो माधव नेपालसँग परामर्श गरेका थिए । एक कार्यक्रममा सहभागि हुन बाहिरिएका अर्थमन्त्री विष्णु पौडेल पनि पुनः बैठक स्थलमा पुगेका छन् ।