२७ आषाढ २०७८, आइतवार
नेपालमा थप १८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार ५ हजार ५३५ जनाको पिसिआर र ३ हजार ६८३ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३९१ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, एकैदिन २० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १५ सय ३३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर