२७ आषाढ २०७८, आइतवार

गएको जेठ २० गते देखि हराईरहेकि महोत्तरी लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव शौचालयको सेप्टि ट्यांकीमा फेला परेको छ।

https://amzn.to/4myfPN5

शवको अवशेष भने कपाल, चुरा, कपडा घरभन्दा एक किलोमिटर पर खेतमा गाडेको अवस्थामा असार १३ गते फेला परेको थियो।

व्यापक खोजतलास पश्चात महोत्तरी प्रहरीले सडेको अवस्थामा शव फेला पारेको हो।

परिवारजनले सुजिताकै शव रहेको सनाखत गरेको र बाँकी कुरा पोस्टमार्टमबाट खुल्ने महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

माइतीपक्षले सुजिताको हत्या गरेको दावी गर्दै आएको छ। हत्या गरेर शव लुकाएको आरोपमा प्रहरीले सुजिताका पति मुकेश ठाकुर, देवर रुपेश ठाकुर लगायत पाँचजनालाई पक्राउ गरेको छ।

शवको अवशेष फेला परेकै दिन सुजिताको हत्या आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो। पछि पुनः सोहि घटनामा संलग्न ३ जना पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

घटनाको विस्तृत जानकारी भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने एसपी आचार्यले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर