२७ आषाढ २०७८, आइतवार

गण्डकी प्रदेशमा कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा फेला परेको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते काठमाडौं पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको हो ।

डेल्टा भेरियन्ट पुष्टि हुनेमा स्याङजाको कालीगण्डकी गाउँपालिकाका दुईजना पुरुष र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका तीन महिला छन् । नेपालमा दोस्रो लहरको कोभिड संक्रमणमा सबैभन्दा धेरै संक्रमितमा डेल्टा भेरियन्ट देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर