
२७ आषाढ २०७८, आइतवार
कोरोना विरुद्दको निश्चित कम्पनीको खोप लगाएकाहरुले कतारमा क्वारेण्टिनमा बस्नु नपर्ने भएको छ । कतारले विभिन्न मुलुकहरुलाई हरियो, पहेंलो तथा रातो गरी तीन श्रेणीमा राखेको छ । नेपाल भने रातोमा परेको छ । रातोमा परेका कारण कतार पुगेपछि पिसिआर भने गर्नुपर्दछ ।
अव कतारमा जानेहरुले website (WWW.EHTERAZ.GOV.QA) मा रजिष्टर गरेर सम्पूर्ण कागजात १२ घण्टा भित्रै वेभसाइटमा अपलोड गर्नुपर्ने नयाँ नियम लागु भएको छ ।
कतारले हालसम्म फाइजर, मोडेर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सनलाई मान्यता दिएको छ भने भेरोसेल खोपलाई केहि शर्त सहित मान्यता दिएको छ ।
भेरोसेल लगाएकाहरुको भनें कतार पुगिसकेपछि एण्टीबडी भने अनिवार्य चेक गर्नुपर्ने नियम लागु भएको छ । परीक्षणमा एण्टीबडी विकास भएको देखिएमा क्वारेण्टीनमा बस्नुपर्ने छैन भनें एण्टीबडी विकास भएको नदेखिएमा क्वारेण्टीनमा बस्नुपर्नेछ । नेपालवाट खोप नलगाईकन पुगेकाले होटलमा अनिवार्य १० दिन क्वारेण्टिनमा वस्नु पर्ने छ भने नवौदिनमा पिसिआर गर्नुपर्दछ ।