२७ आषाढ २०७८, आइतवार

देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । प्रदेश एक, वाग्मती, गण्डकी, लुम्विनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिनभरि नै धेरै ठाउँमा पानी पर्ने सभावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
आउँदो तीन दिनसम्म नै मनसुन सक्रिय रहने छ ।

अहिले ठूलो पानी परेका क्षेत्र प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको मध्यपहाडी तथा चुरे भइ बहने स–साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर