२७ आषाढ २०७८, आइतवार

अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ ।  अनारमा टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन ।  स्तन क्यान्सरबाट बच्न,हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ ।

अनारको बोक्रालाई घाममा सुकाएर त्यसको धूलो बनाएपछि पेस्टका रूपमा प्रयोग गर्नुस् । त्यो धूलोमा चिनी र मह मिसाउनुस् अनि पेस्टलाई अनुहारमा दल्नुस् । यसले मृत त्वचा अनि डण्डीफोरहरू हटाइदिन्छ ।

अनारमा पाइने फोटोकेमिकल्सले एरोमाटेज एन्जाइमलाई रोक्छन् । यो एन्जाइमले एन्ड्रोजन हर्मोनलाई एस्ट्रोजन हर्मोनमा परिवर्तन गरिदिन्छ । यसैले स्तन क्यान्सर गराउने हो ।

अनारले एन्जाइमको असर ध्वस्त पार्छ र क्यान्सरबाट जोगाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर