
२६ आषाढ २०७८, शनिवार
हास्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ कांग्रेसमा प्रवेश गरेका छन् । मुलासागसँगै महादेव त्रिपाठी ‘जादुगर’ ले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी प्रवेश गरेर सदस्यता ग्रहण गरेका हुन् ।
शनिबार एमाले परित्याग गरि कांग्रेसमा पार्टी प्रवेश गर्ने कलाकारहरुलाई सदस्यता वितरण गर्ने कार्यक्रम थियो । सोही कार्यक्रममा उनीहरुले पनि पार्टी प्रवेश गरेका हुन् । एमाले परित्याग गरि ७० जना कलाकर्मीले नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ ।