
२६ आषाढ २०७८, शनिवार
मलेसियामा कोरोना सक्रमण दिन प्रतिदिन वढिरहे को छ । लक डाउनलाई प्रभावकारी वनाईरहेको भएपनि सक्रमित भने दिन प्रतिदिन थपिदै गैरहेका छन ।
पछिल्लो २४ घण्टामा ८७ जनाको मृत्यु भएको छ ।
कोराना सक्रमणवाट आज सम्म मलेसियामा ६ हजार ६७ जनाको मृत्यु भैसकेको छ ।
पछिल्लो पटक ९ हजार ३ सय ५३ जना नयाँ सक्रमित थपिएका छन ।
मलेसियामा ८ लाख २७ हजार १ सय ९३ जना सक्रमित रहेकोमा ७ लाख ३७हजार १ सय ३ जना निको भएर घर फर्किएका छन ।
अहिले मलेसियाका अस्पताल र अन्य स्थानमा गरेर ८४ हजार २१ जना सक्रिय सक्रमित रहेकोमा ३ हजार ३ सय ५६ जनाको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
मलेसियामा करीव चार लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ । केहि नेपालीको कोरोना सक्रमणवाट मृत्यु समेत भैसकेको छ । कोरोना सक्रमणवाट कति नेपालीको मृत्यु भयो भन्ने वारेमा मलेसिया सरकार तथा मलेसियामा रहेको नेपाली दुतावासले पनि सार्वजनिक गरेका छैनन ।