२६ आषाढ २०७८, शनिवार

बुटवलमा  प्रहरीले २८ किलो लागुऔषध चरेससहित २ जनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुन रहेका छन । उनीहरुलाई बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नमस्ते पथबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लु २५ प ६५४४ नम्बरको स्कुटर समेत  नियन्त्रणमा लिएको छ जुन उनीहरुले प्रयोग गर्ने गरिएको देखिएको छ ।
पक्राउ परेकालाई   ईलाका प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान शुरु गरिएको  जिल्ला प्रहरी कार्यालय  रुपन्देहीका  प्रहरी नायव उपरीक्षक एवं  प्रवक्ता  सत्यनारायण थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर