
२५ आषाढ २०७८, शुक्रवार
रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०१ जनाको परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । साथै सोहि अवधिमा ३४ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकामा ६, कञ्चन गाउँपालिकामा ४ जना, देवदह नगरपालिकामा २ जना, तिलोत्तमा नगरपालिकामा र गैडहवा गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।
जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६० रहेको छ ।