२५ आषाढ २०७८, शुक्रवार

खुकुरी प्रहार गरी साथीको हत्या आरोपमा संखुवासभामा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ तिलार नयाँबस्तीका २४ वर्षीय मुकेश तामाङ छन्।

चिचिला गाउँपालिका-२ घर भई दिदीको घरमा बस्दै आएका २६ वर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान घरदेखि करिब ५ सय मिटर दक्षिण खोल्सामा उनको शव फेला परेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर