२५ आषाढ २०७८, शुक्रवार

कैलालीमा अन्तरजातीय विवाह गरेको एक जोडी झण्डै एक महिनादेखि जंगलमा लुकेर बस्न बाध्य भएको छ। जिल्लाको भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र रावल थरकी एक युवती जंगलमा लुकेर बस्न बाध्य भएका हुन्।

https://amzn.to/4myfPN5

उनीहरुले अन्तरजातीय विवाह गरेको २१ दिन भएको छ। विवाह गरेलगत्तै युवतीका आफन्तले युवकलाई मारिदिने र घर जलाई दिने चेतावनी दिएपछि उनीहरु जंगलमा बस्न बाध्य भएको प्रकाशका आफन्तले बताएका छन्। उनीहरु फाटट्फुट्ट गाउँमा आएपनि अधिकासं सयम जंगलमा लुकेर बस्ने गरेका छन्।

उनीहरुले जंगलबाटै आफूहरु समस्यामा परेको भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा युवा युवतीले आफूहरुलाई मार्ने धम्की दिएपछि जंगलमा लुकेर बसेको बताएका छन्। इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नरबहादुर साउँदले उनीहरु लुकेर बसेको जंगलमा प्रहरी पठाएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर