२५ आषाढ २०७८, शुक्रवार

एक दिनको कैद सजाय नभोगी भागिरहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्दिया वारवर्दिया नगरपालिका वडा न ७ का ४५ वर्षीय बलबहादुर थापाक्षेत्री हुन ।

https://amzn.to/4myfPN5

थापालाई सवारी ज्यान मुद्दामा बर्दिया जिल्ला अदालतले ०७१ साल मंसिर १ गते फैसला गर्दै १ दिनको कैद सजाय तोकेको थियो। तर उनी कैद सजाय नभोगि भागिरहेका थिए ।

एक दिने कैद सजाय भुक्तान गर्नुपर्ने कानुनी आदेशलाई अटेर गरी फरार रहेका उनलाई पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

प्रहरीमार्फत पक्राउ परेका थापाक्षेत्री सवारी ज्यान मुद्दाका कसुरदार हुन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार बर्दियामा प्रहरीले फरार कसुरदार पक्राउ गर्न अभियान नै चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर