२५ आषाढ २०७८, शुक्रवार

कास्कीमा  निषेधाज्ञा १० दिन बढाइएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय आधारमा असार २५ देखि साउन ५ सम्म निषेधाज्ञा अवधि बढाउने आदेश जारी गरेका हुन् ।

https://amzn.to/4myfPN5

अबको आदेशानुसार निजी सवारीसाधन, साना सवारी चार पांग्रे, दुई पांग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिनेछ । चार पांग्रेमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइनेछ ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवा खोल्न पाइने छैन

प्रतिक्रिया

सम्बन्धित खवर