२५ आषाढ २०७८, शुक्रवार

नेपालले चीनसँग किनेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज भेरोसेल खोप नेपाल आईपुगेको छ । नेपाल वायुसेना निगमको वाइडबडी ए ३३० ले आज बिहान खोप ल्याएको हो ।

अब फेरी साउन १ गते र साउन ८ गते गरी ३२ लाख डोज खोप नेपाल ल्याउने भएको छ ।

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा। झलक गौतमले अबको एक सातामै खोप लगाउन थालिने बताए ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आइसकेको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनाले पूरा डोज लगाएका छन् भने २६ लाख ११ हजार ८०७  जनाले पहिलो डोजमात्र लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर