२५ आषाढ २०७८, शुक्रवार

घुम्नका लागि मानिसहरू सुन्दर ठाउँ जान मन गर्छन् ।  संसारमा सुन्दर अनि खतरनाक ठाउँहरू छन् ।
रोयल पाथ, स्पेन

संसारको सबभन्दा खतरनाक ठाउँमध्ये एक स्पेनको यो रोयल पाथ हेर्नका लागि मानिसहरू टाढाटाढाबाट आउँछन् । यो खतरनाक बाटो ३०० देखि ९०० फीटको उचाइमा छ र यसको लम्बाइ १.८ मिटर अनि चौडाइ तीन फीट छ ।

स्नेक आइल्यान्ड, ब्राजिल

ब्राजिलको इलहा डी क्विमाडा ग्रान्डलाई स्नेक आइल्यान्ड भनी चिनिन्छ । यहाँ अनेकथरीका साँप पाइन्छन् । त्यहाँको हरेक वर्गमिटरमा पाँच सर्प छन् ।

हुयना पिचु

पेरुको यो प्राचीन शहरको दृश्य पर्वतको शिखरबाट देखिन्छ ।
साइप्रस क्रीक

गाडी चलाउने शोख छ भने साइप्रस क्रीकमा रहेको जेकब्स वेल तपाईंका लागि उत्तम गन्तव्य हो । यो संसारकै खतरनाक इनार हो । यसको मुख लगभग चार मिटर चौडा र गहिराइ १० मिटर छ ।

माउन्ट मेरापी ज्वालामुखी, इन्डोनेसिया

इन्डोनेसियाको ज्वालामुखीमा विस्फोटविना नै धूवाँ निस्किरहन्छ । सन् १५४८ देखि यो ज्वालामुखी लगातार सक्रिय छ । यसबाट निस्कने धूवाँ आकाशमा दुई मिल माथिसम्म देखिन्छ । यसको नजिकको क्षेत्रमा लगभग दुई लाख मानिस बस्छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर