२४ आषाढ २०७८, बिहिवार

पछिल्लो २४ घण्टामा १८७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५३७४ पिसीआर र ५१३० ऐन्टिजेन गरी १०,५०४ नमुना परीक्षणमा १८७५ जना संक्रमित थपिएका हुन् । बुधवारको तुलनामा बिहीवार संक्रमितको हुनेको संख्यामा कमी आएको छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३६ लाख १९ हजार ३०४ वटा नमुना परीक्षणमा ६ लाख ९२ हजार ८४९ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १२८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२८६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४.५ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २८ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,३२० पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार ४४७ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २३ हजार ६९२ र संस्थागत आइसोलेशनमा २,७५५ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५७२ र भेन्टिलेटरमा १५७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर