२४ असार २०७८, बिहिवार

मकवानपुर प्रहरीले १ सय २० किलो ९ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ रिलायन्स बोर्डिङ स्कुल अगाडि रोकिराखेको प्रदेश ३-००-२२ च ७२३७ नम्वर को बोलेरो पिकअप गाडीमा लुकाइ छिपाई राखिएको उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार सो गाडीका चालकले प्रहरीको गाडी देख्नासाथ फरार भएको र शंकाको आधारमा प्रहरीले चेकजाँच गर्दा अवैध गाँजा फेला पारेको हो । फरार भएका गाडीका चालकको खोजी कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर