२४ असार २०७८, बिहिवार

शक्तिशाली पासपोर्टमा जापानको पासपोर्ट परेको छ । हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स २०२१’ मा जापानको पासपोर्ट परेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पासपोर्टलाई जति धेरै देशले अनअराइभल भिसा दिन्छन् त्यति शक्तिशाली मानिन्छ । जापानका पासपोर्ट वाहकलाई विश्वका सबैभन्दा बढी १९३ देशले अनअराइभल भिसा दिने गरेका छन्

। विश्वको सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ । अफगानी पासपोर्ट वाहकलाई विश्वका २६ देशले अनअराइभल भिसा दिन्छन् ।

२७ देशको पासपोर्ट सबैभन्दा शक्तिशाली मानिएका छन् ।  ‘हेन्ली पासपोर्ट इन्डेक्स २०२१’ का अनुसार सबैभन्दा शक्तिशालीमा जापान, दोस्रोमा सिंगापुर, तेस्रोमा जर्मनी र दक्षिण कोरिया, चौथौमा फिनल्याण्ड, इटाली, लक्जेमबर्ग र स्पेन, पाँचौमा अष्ट्रिया र डेनमार्क रहेका छन् ।

साथै छैटौँमा फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड्स, पोर्चुगल र स्विडेन, सातौंमा बेल्जियम, न्युजिल्याण्ड, स्विट्जरल्याण्ड, बेलायत र अमेरिका, आठौँमा चेक रिपब्लिक, ग्रिस, माल्टा र नर्वे, नवौंमा अष्ट्रेलिया र क्यानडा र दशौँमा हंगेरीका रहेका छन् ।

‘हेन्ली पासपोर्ट इन्डेक्स, २०२१’ मा नेपाल भने ८ स्थान तल झरेर १०९औं स्थानमा छ । विश्वका १९९ देश तथा क्षेत्रलाई ११६ स्थानमा समेटिएको छ । सन् २०१९ र २०२० मा नेपाल १०१औं स्थानमा थियो । नेपाललाई विश्वका ३८ देशले अनअराइभल भिसा दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर