२४ असार २०७८, बिहिवार
स्याङ्जा, भिरकोट नगरपालिकामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।
भिरकोट नगरपालिका २ ठाडो लाईनस्थित खेम बहादुर श्रेष्ठको बिवेक होटलबाट तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १२ जनालाई पक्राउ गरेको प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिहरुको साथबाट नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ फेला परेको प्रहरी नायव उपरीक्षकअधिकारीले जानकारी दिनुभयो ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भई रहेको छ।









