२३ आषाढ २०७८, बुधवार

मलेसियामा कोरोना सक्रमण दिन प्रतिदिन वढिरहेको छ । पछिल्लो २४ घण्टामा ९१ जनाको मृत्यु भएको छ । कोराना सक्रमणवाट आज सम्म मलेसियामा ५ हजार ७ सय ६८ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो पटक ७ हजार९७जना नयाँ सक्रमित थपिएका छन । मलेसियामा कोराना सक्रमण वाट हाल ७ लाख ९९ हजार ७ सय ९० जना सक्रमित रहेकोमा ७ लाख १९ हजार ६ सय ७८ जना निको भएर घर फर्किएका छन ।मलेसियामा करीव चार लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ ।

केहि नेपालीको कोरोना सक्रमणवाट मृत्यु समेत भैसकेको छ । कोरोना सक्रमणवाट कति नेपालीको मृत्यु भयो भन्ने वारेमा मलेसिया सरकार तथा मलेसियामा रहेको नेपाली दुतावासले पनि सार्वजनिक गरेका छैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर